Sagun Khabar
बझाङका सिंह नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ–बझाङका अर्जुनबहादुर सिंह नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । पूर्वमन्त्री समेत रहेका सिंह पिछडिएको क्षेत्रबाट कांग्रेस केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् । 

केन्द्रिय सदस्यमा निर्वाचित सिंह देउवा समूहका मानिन्छन्  । चार हजार ६७२ मत खसेकोमा सिंहले दुई हजार ६७७ मत ल्याएर विजयी भएका कांग्रेसको निर्वाचन समितिले जनाएको छ । 

उनका प्रतिस्पर्धी दीपकजंग शाहीले दुई हजार ५६ मतमात्रै प्राप्त गरे । 
 

प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update