Sagun Khabar
बझाङबाट धनगढी जाँदै गरेको जिपबाट १६ किलो चरेश बरामद 
फाइल फोटो

बझाङ – बझाङबाट धनगढी जाँदै गरेको जिपमा प्रहरीले १६ किलो चरेश फेला पारेको छ । सोमबार राति ११ बजे बझाङबाट धनगढीतर्फ जाँदै गरेको से १ज ७१८ नम्बरको जिपमा चेकजाँच गर्दा १६ किलो चरेश फेला परेको प्रहरीले जनाएको छ । 

कैलालीको चुरे गाउँपालिका–५ बेल्चापलान भन्ने स्थानमा गरिएको चेकजाँचमा जिपको  सिटमुनि लुकाइराखेको अवस्थामा उक्त मात्रामा चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

जिपमा चरेश फेला परेपछि जिप चालक बझाङको बुंगल नगरपालिका –११ देउलीकोटका २८ बर्षीय बीर बोहरा र ४० बर्षीय गमलाल बोहरालाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए । 

उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update