बझाङमा कोरोनाबाट थप एकजनाको मृत्यु 
                        
                        
                                                
                                            
                                                                    बझाङ–बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । केदारस्युँ–१ देउरा बस्दै आएका ७० वर्षीय वृद्धको मृत्यु भएको हो । उनको शुक्रबार राती १२ बजे गाउँपालिकाले निर्माण गरेको कोरोना अस्पतालमा मृत्यु भएको हो ।
मृतक विगत ५ वर्षदेखि प्यारालाइसिस रोगबाट ग्रसित रहेका थिए । बिहीबार मात्रै उनको एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  १५:५१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
