Sagun Khabar
पीएम कपमा सुदूरपश्चिमको पहिलो जित

काठमाण्डाै - प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ ।

कीर्तिपुरमा आज भएको खेलमा कर्णाली प्रदेशलाई ४७ रनले हराउँदै सुदूरपश्चिमले पहिलो जित निकालेको हो । सुदूरपश्चिमले दिएको एक सय ५४ रनको लक्ष्य पछ्याएको कर्णालीले १९ दशमलव १ ओभरमा अलआउट हुँदै एक सय ६ रन मात्र बनाउन सक्यो ।

स्वास्थ्य सन्देश
Atrya hospital

कर्णालीका लागि रविन्द्र शाहीले ३५, अर्जुन घर्तीले ३० र अनुप कुँवरले १३ रन बनाए पनि अरू खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कर्णालीलाई एक सय ६ रनमै रोक्न शेर मल्लले चार र हेमन्त धामीले दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५३ रन बनायो ।

सुदूरपश्चिमका लागि अर्जुन साउदले ३२, वसन्त कार्कीले २८, दीपक बोहराले २५ र खडक बोहराले २२ रन बनाए । बलिङतर्फ कर्णालीका लागि प्रकाश जैशीले तीन तथा दिवन पुन र रविन्द्र शाहीले दुई–दुई विकेट लिए ।

यो जितसँगै सुदूरपश्चिम दुई खेलमा दुई अङ्कसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ । यस्तै तीन खेलमा समान दुई अङ्कसहित नेट रन रेटको आधारमा चौथो स्थानमा छ ।

-उज्यालो अनलाइनबाट

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update