Sagun Khabar
बझाङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शुक्रबार राती जयपृथ्वी नगरपालिका वडा नं १ कैलाशबाट सदरमुकाम चैनपुरका लागि छुटेको सु.प ००९१ नम्बरको जिप जयपृथ्वी नगरपालिका वडा नं २ मोर्ताेलीमा दुर्घटना परेको हो । 

जिप दुर्घटनामा गम्भीर घाइते भएका जिप धनी धनी पूरबहादुर सिंहको उपचारका लागि धनगढी लैजाँदै गर्दा बागथला नजिकै उनको मृत्यु भएको छ । 

मोर्ताेलीको विद्यालय नजिकैको घुम्तीमा जिप घुमाउने क्रममा दुर्घटना भएको स्थानीयले बताएका छन् । अनियन्त्रित भएको जिप ५० मिटर तल खसेको थियोे ।
 

प्रकाशित मिति: शनिबार, माघ १, २०७८  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update