Sagun Khabar
बझाङमा वडाध्यक्ष र सचिवलाई दुव्र्यवहार गर्ने ४ जनाविरुद्ध मुद्दा दर्ता

बझाङ–बझाङमा वडाध्यक्ष र सचिवलाई दुरव्यवहार  गर्ने ४ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ । आइतबार बझाङको वित्थडचिर गाउँपालिका– ८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडा सचिव दत्तराम अवस्थीलाई कालोमोसो लगाएर दुरव्यवहार गरेको भन्दै ४ जनाविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको हो । 

दुरव्यवहार गर्नेहरूले प्रयोग गरेको जिपका चालक जयपृथ्वी नगरपालिका ७ सुवेडा घर भएका २३ वर्षीया  विनोद बमलाई पक्राउ गरी आफन्तको जिम्मामा छोडेको छ । त्यस्तै दुरव्यवहारमा संलग्न नेपाल कम्युनिष्ट पार्टीका जयपृथ्वी नगरपालिका ९ देवलका अशोक धामी, दुर्गाथली गाउँपालिकाका कमल थापा, ठेगाना नखुलेका तिलक कुँवर र थलारा गाउँपालिकाकी जानकी खड्काको नाममा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी समेत दर्ता भएको छ ।  

स्वास्थ्य सन्देश
Atrya hospital

उनीहरु विरुद्ध अभद्र व्यवहार सम्बन्धि मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर बिष्टले बताए । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

आजै वडाध्यक्ष मल्ल र सचिवले सदरमुकाम चैनपुरमा पत्रकार सम्मेलन गरी दुरव्यवहार गर्नेलाई यथाशीघ्र पक्राउ गरी कानूनी दायरामा ल्याउन आग्रह गरेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update