Sagun Khabar
बझाङमा मोटरसाइकल दुर्घटना हुँदा पत्रकार कुँवरको मृत्यु
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ –बझाङमा मोटरसाइकल दुर्घटना हुँदा पत्रकार सुरेश कुवँरको मृत्यु भएको छ। शुक्रबार झापा बजारदेखि बिजगडा जाने क्रममा तम्तोलीमा मोटरसाइकल दुर्घटना हुँदा कुँवरको मृत्यु भएको हो। 

उनले चलाएको सुपप्र०१–०१०प७०९० नम्बरको मोटरसाइकल सडक भन्दा ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको देउरा स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। उनी बुंगलको सेरोफेरो एफएममा कार्यरत थिए। 

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update