Sagun Khabar
बझाङमा बहिनी बलात्कारको आरोपमा सहोदर दाजु पक्राउ 

बझाङ–बझाङमा आफ्नै बहिनी बलात्कार गरेको आरोपमा सहोदर दाजु पक्राउ परेका छन् । १२ वर्षीया बालिका बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय दाजुलाई प्रहरीले नियन्त्रणमा लिई सोमबार मुद्धा दर्ता गरेको हो । 

चैत ६ गते बेलुका बालिकालाई घाँस काट्न जाने क्रममा बलात्कार गरेको प्रहरीले जनाएको छ । ५ सय रुपैंया दिने लोभ देखाएर बालिकालाई मोबाइलमा फिल्म देखाउने भनेर गोठमा लगि बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

पीडित बालिकाले आफ्नी आमासंग बलात्कार गरेको कुरा भनेपछि चैत ७ गते जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा पीडकलाई खोजेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर बिष्टले बताए । 

पीडित बालिकाको स्वास्थ्य परीक्षणपछि महिला सुरक्षित आवास गृह(सेफ हाउस)मा राखिएको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update