Sagun Khabar
बझाङमा मदिरा सेवनबाट एकजनाको मृत्यु 

बझाङ –बझाङमा मदिरा सेवनबाट एकजनाको मृत्यु भएको छ । लिचि नामक मदिरा सेवन गर्दा कैलालीको भजनी नगरपालिकाका ४० बर्षिया रामबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मंगलबार साँझ साथीहरुसँग बसेर लिची नामक महिरा सेवन गरेर सुतेका चौधरी बिहान अबेरसम्म पनि नउठेपछि आफूले प्रहरीलाई खबर गरेको उनका साथी किरन चौधरीले बताए । चौधरी मजदुरीका लागि बझाङ पुगेको बताइएको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  २१:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update