बझाङमा म्यादी प्रहरीका लागि १ हजार ६ सय जनाको आवेदन 
                        
                        
                                                
                                            
                                                                    बझाङ –बझाङमा म्यादी प्रहरीमा भर्ना हुनका लागि १ हजार ६ सय जनाले आवेदन दिएका छन् । चैत्र ११ गतेसम्म तोकिएको भर्ना समयमा ३२६ जना महिला र १ हजार ३३० जना पुरुषले म्यादी प्रहरीमा भर्ना हुनका लागि आवेदन दिएका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञान बहादुर विष्टले जानकारी दिए ।
जिल्लामा आवेदन दिएका मध्येबाट एक हजार ९३ जना छनौट गरिने छ ।  स्थानीय तहको निर्वाचन सुरक्षाका लागि छनौट भएकाहरुलाई तालिम दिइने प्रहरीले जनाएको छ । 
 
प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  ०१:०४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
