Sagun Khabar
बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु 

बझाङ –बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका–१ खातीगाउँकी ४१ वर्षीया मालतीदेवी खातीको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । 

बिहीबार घाँस काट्न गएकी उनी भिरबाट करिब २ सय मिटर तल खसेकी थिइन् । उनको घटनास्थलमै मृत्यु भएको स्थानीय सुरेन्द्र खातीले बताए ।  

प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update