Sagun Khabar
बैतडीमा मतदान गरेर फर्कने क्रममा ८४ बर्षीय वृद्धको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडीमा मतदान गरेर फर्कने क्रममा एक वृद्धको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका ३ स्थित सनातन धर्म मावि श्रीकोट मतदान केन्द्रमा भोट हालेर फर्कने क्रममा दोगडाकेदार ३ कफल्टाका ८४ बर्षीय हरिसिंह भाटको मृत्यु भएको प्रहरीले जनाएको छ । 

भोट हालेर फर्कने क्रममा एक्कासी मतदान केन्द्रमै ढलेका भाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । मतदान केन्द्रमै ढलेका भाटलाई तत्कालै श्रीकोट स्वास्थ्यचौकी पुर्याएको भएपनि उनको बाटोमै मृत्यु भएको जोशीले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update