बैतडीको दनपा ११ को वडा अध्यक्षमा एमालेका पन्त विजयी 
                        
                        
                                                
                                             
                                                                    बैतडी – बैतडीको दशरथचन्द नगरपालिका वडा नं ११ को वडा अध्यक्षमा एमालेका जयदत्त पन्त विजयी भएका छन् । पन्तले ३३४ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका पद्यमादत्त पन्तले २९५ मत ल्याए ।
यस्तै दलित महिला सदस्यमा एमालेका उम्मेदवार विजयी भएका छन् । महिला सदस्य र खुला दुई सदस्यमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
पन्त गएको स्थानीय तहको निर्वाचनमा पनि एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । 
 
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  १२:०१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    