Sagun Khabar
बझाङमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु 

बझाङ – बझाङमा खोलाले बगाउँदा एक बालिकाको ज्यान गएको छ । बाउली खोलाले बगाउँदा सुर्मा गाँउपालिका वडा नम्बर १ घर भएकी १३ वर्षीया कविता बोहराको ज्यान गएको हो ।

यार्सा सङ्कलन गरेर घर फर्कने क्रममा बोहोरा चिप्लिएर खोलामा खसेकी प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो खोलामा खसेकी बोहराको शनिबार बिहान धौलीपैरीमा शव भेटिएको हो ।

केही दिन अघि परेको वर्षाका कारण हिमपात भएपछि उनी यार्सा टिप्न छोडेर घर फर्किएका थिए ।

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update