Sagun Khabar
बैतडीमा असिनाले तरकारी बालीमा क्षति 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडीमा शुक्रबार साँझ परेको असिनापानीले तरकारीबालीमा व्यापक क्षति पुर्याएको । जिल्लाको दशरथचन्द नगरपालिका, सुर्नया गाउँपालिका, सिगास गाउँपालिका लगायतका क्षेत्रमा असिनापानीले तरकारीबालीमा क्षति पुर्याएको किसानहरुले बताएका छन् । 

बारीमा लगाएको काक्रा, फर्सी लगायतका तरकारीहरु पुरै नष्ट भएका किसान दानबहादुर बिष्टले बताए । यस्तै फलफूलमा पनि असिनाले व्यापक क्षति पुर्याएको छ । साँझ आएको असिनापानीले किसानहरुले लगाएका मकैमा समेत क्षति पुगेको स्थानीयहरुले बताएका छन् । 
 

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update