Sagun Khabar
बैतडीको मेलौलीमा अत्यावश्यक   बाँहेकका सेवा बन्द 

बैतडी- बैतडीको मेलौली नगरपालिकाले अत्यावश्यक बाँहेकका सेवा बन्द गरेको  छ । असार १० गते  नगरसभाको  बैठक बस्ने  जनाउदै  नगरपालिकाले  १० गते  सम्मका लागि अत्यावश्यक बाँहेकका सेवा बन्द गर्ने  निर्णय गरेको हो ।

बुधबार   एक सूचनाजारी  गर्दै नगरपालिकाले असार १० गते  नगर कार्यपालिकाको  नगरसभा बस्ने  र सो दिन सम्मका लागि सेवा  बन्द गरिएको  जनाकारी  गराएको  हो । असार  १० गते  नगर सभा बस्ने  र  सोको  तयारीका लागि  कर्मचारीहरु  तयारीमा  खटिने भएकाले  ८ गते  बुधबार  देखि कार्यालयबाट प्रदान हुने  अत्यावश्यक बाँहेकका  सम्पूर्ण सेवा १० गते  सम्मका लागि बन्द गर्नुे  परेको  सूचनाअधिकारी सपना कार्कीले  जानकारी दिइन्   ।

स्वास्थ्य सन्देश
Atrya hospital

 कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाँहेकका  सम्पूर्ण सेवा १० गते  सम्मका लागि बन्द  गरिएको  व्योहरा जानकारी गराइन्छ प्रमुख प्रशासकिय अधिकृत जगदिश प्रशाद जोशीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको  छ ।   .

 

प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update