Sagun Khabar
रासन घोटलाको सूचना दिने सशस्त्रका हवलदार जेल चलान , फसाइएको परिवारको आशंका
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित महाकाली नगरपालिका–२ मुल्लाका सशस्त्र प्रहरीका हवल्दार नरेशसिंह साहु जेल चलान भएका छन् । २०६० वैशाखदेखि सशस्त्र प्रहरीमा कार्यरत उनी एक वर्षपछि पेन्सन जाने तयारीमा थिए । तर, ४४ नम्बर गण मुख्यालय खलंगाभित्रको रासनभत्ता प्रकरणलाई मिडियामा ल्याउँदा उनी जेल पुगेका छन् । 

उनको परिवारले कसैसँग पनि गलत व्यवहार नगर्ने र काम गरिखाने घरपरिवारका मान्छेलाई षड्यन्त्र गरी गम्भीर मुद्दा बनाएर फसाउन खोजिएको आशंका गरेको छ । गणभित्रको हाजिरी विवरण मात्र सार्वजनिक गरेका उनीमाथि हातहतियार र गोलीगठ्ठासहितको विवरण अनधिकृत व्यक्तिलाई उपलब्ध गराइएको झुठो अभियोग लगाइएको परिवारजनले बताएका छन् ।  ०४० सालमा जन्मिएका नरेशले दक्षिणी सुडानमा युएन मिशन पनि खाइसकेका छन् । 

उनी एक वर्षदेखि दार्चुलामा कार्यरत थिए । पर्वत दरबन्दी भएपनि घर व्यवहार मिलाउनुपर्ने भएकाले उनले दार्चुलामा काज मिलाएका थिए । स्थानीय निर्वाचनको बेला नौगाड गाउँपालिकाका निर्वाचन अधिकृतको अंगरक्षक भएर खटिएका नरेशले त्यहाँ भेटिएका एक स्थानीय पत्रकारलाई सशस्त्र प्रहरीभित्रको बेथितिबारे जानकारी दिएका थिए ।
 

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update