Sagun Khabar
बैतडीमा गठबन्धनबाट संघकोे सिट माओवादीको भागमा, काँग्रेसमा असन्तुष्टी

बैतडी- सत्ता गठबन्धनले प्रतिनिधि सभातर्फको १ सय ६० सिटमा सहमति जुटाएको छ । सो सहमति अनुसार बैतडी नेकपा माओवादी केन्द्रको भागमा परेको छ ।

माओवादीको भागमा बैतडी परेसंगै नरेन्द्र कुवँर (विजयसुन्दर)ले टिकट पाउने निश्चित जस्तै भएको  छ । संघीय सांसदका लागि माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य एवं बैतडी इन्चार्ज  नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर)को नाम पार्टीले यसअघिनै सर्वसम्मत सिफारिश गरेको  थियो ।

स्वास्थ्य सन्देश
Atrya hospital

कुँवर २०६४ सालको निर्वाचनमा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । बैतडी माओवादीको  भागमा परेपनि काँग्रेसका नेताहरुले भने विरोध गरेका छन् ।काँग्रेसका जिल्ला स्तरका नेताहरुले गठबन्धनबाट संघको टिकट नमिले एक्लै चुनावमा जाने निर्णय समेत गरेका छन् । बैतडीमा गठबन्धनबाट  संघको  सिट माओवादीको  भागमा परेपछि काँग्रेसका नेता तथा कार्यकर्ताहरुले असन्तुष्टी व्यक्त गरेका छन् । काँग्रेसले  संघकोे टिकट पाउनु पर्ने  माग गरिरहेका उनिहरु माथिबाट भएर आएको सहमतिले  असन्तुष्ट देखिएका हुन् । 

काँग्रेसका नेता तथा कार्यकर्ताहरु माओवादीले टिकट  पाए भोट नै नहाल्ने अभिव्यक्ती दिइरहेका हुन् । प्रतिनिधि सभातर्फ १६ सिट रहेको सुदूरपश्चिममा ९ सिट काँग्रेसले  पाएको  छ भने  ४सिट माओवादीको  भागमा परेका हुन् । यस्तै एकीकृत समाजवादीले ३ क्षेत्र पाएको छ ।

गठबन्धनको सहमति अनुसार प्रतिनिधि सभातर्फ जसपा १५ सिट, एकीकृत समाजवादी १७, माओवादी केन्द्रले ४४ सिट पाउने निश्चिति छ । काङ्ग्रेसले ८५ सिट लिएको छ । राष्ट्रिय जनमोर्चाको भागमा बाग्लुङ १ र प्युठान समेत दुई क्षेत्र परेको बताइएको  छ ।

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update