Sagun Khabar
मणिलेक मावि गुरुखोलामा चोरी 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका १ स्थित मणिलेक मावि गुरुखोलामा चोरी भएको छ । शुक्रबार राति विद्यालयको मूल ढोका फोडेर चोरी भएको विद्यालयका प्रधानाध्यापक केशवदत्त भट्टले बताए । 

विद्यालयको ल्यापटप र एकथान कम्प्युटर चोरले लगेको छ भने विद्यालयका ५ ओटा दराज तोडफोड गरेर कागजपत्र नष्ट गरिएको छ । चोरले विद्यालयका महत्वपूर्ण कागजपत्र नष्ट गरेको प्रधानाध्यापक भट्टले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

विद्यालयमा ५ लाख जतिको चोरी भएको छ भने महत्वपूर्ण कागजपत्र नष्ट गर्दा समस्या भएको छ । विद्यालयमा कसले चोरी गरेको हो भन्ने कुरा खुलेको छैन् । प्रहरीले विद्यालयमा चोरी गर्नेको खोजी कार्य गरिरहेको छ । 

विद्यालयमा चोरी भएसंगै विद्यालयको खातापाता लगायतका अन्य महत्वपूर्ण सामग्रीहरु हराएका छन् । 
 

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update