Sagun Khabar
दार्चुलाको चमेलिया नदीमा मानिसको खुट्टा भेटियो
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला- दार्चुलाको चमेलिया नदीमा मानिसको खुट्टा भेटिएको छ । मंगलबार नदीमा मानिसको खुट्टा भेटिएको हो । सोमबार उक्त नदीमा जिल्लाको शैल्यशिखर नगरपालिका–१ का अन्दाजी ४० वर्षीय बहादुरसिंह बोहरा बेपत्ता भएका थिए ।

नदीमा मानिसको एउटा खुट्टा भेटिएको र उक्त खुट्टा बोहराकै हुनसक्ने भनी उनको अन्त्येष्टि गरिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाले नदी क्षेत्रमा भेटिएको खुट्टा परिवारको जिम्मा लगाइएको र अन्त्येष्टि पनि गरिएको जानकारी प्राप्त भएको जनाएको छ ।

बोहरा देथलास्थित भगवती मन्दिरमा लागेको अष्टमी जात्रामा राँगाको बलि दिन गएका थिए। सोही क्रममा बलिका लागि तयार पारिएको राँगो अचानक भागेर चमेलिया नदीमा पसेको थियो ।  राँगोलाई समात्न भनी चमेलिया नदीमा पसेका उनी नदीले बगाएर बेपत्ता भएका थिए ।  

प्रकाशित मिति: बुधबार, असोज १९, २०७९  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update