Sagun Khabar
जिल्ला अस्पताल बझाङमा नियमित रुपमा अक्सिजन उत्पादन शुरु 

बझाङ–प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल बझाङमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन सुरु गरिएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले गत वैशाख ६ मा ८० लाखका दरले पहाडी ६ जिल्ला र टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि प्रक्रिया अघि बढाएको थियो ।

प्रदेश सरकारले उपलब्ध गराएको ८० लाखको लागतमा स्थापना गरिएको अक्सिजन प्लान्टको शुक्रबार परीक्षण उत्पादन गरिएकोमा आइतबारबाट नियमित अक्सिजन उत्पादन शुरु गरिएको हो ।

योसँगै अक्सिजन भर्नका लागि सिलिन्डर जिल्ला बाहिर पठाउनुपर्ने र अक्सिजनको पर्खाइमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको  जिल्ला अस्पताल बझाङले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update