Sagun Khabar
यू–१९ राष्ट्रिय क्रिकेट : सुदुरपश्चिम फाईनलमा

काठमाण्डौं –१९ वर्ष मुनिको  राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशलाई पराजित गरि सुदुरपश्चिम फाइनलमा पुगेको छ । सुदूरपश्चिम प्रदेश एक खेल अगावै फाईनल पुगेको हो ।  सुदुरपश्चिमले मधेशलाई ७ विकेटले पराजित गरेका छ । 

मधेशले सुदुरपश्चिमलाई जितका लागि एक सय २३ रनको लक्ष्य दिएको थियो । सुदुरपश्चिमले १८ दशमलव ५ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पुरा गरेको छ । सुदुरपश्चिमको जितमा दीपक बोहोराले ५८ बलमा ५३ रनको अर्धशतकीय ईनिङ खेले । दीपक बोहोराले २४ रन जोड्दा गजेन्द्र बोहोराले १० बलमा अविजित २३ रन जोडे । 

स्वास्थ्य सन्देश
Atrya hospital

मधेशका लागि अविशेक तिवारीले २ तथा साइमन रोयले १ विकेट लिए । टियु क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको मधेशले ३८ दशमलव १ ओभरमा अलआउट हुदै एक सय २२ रन बनाएको थियो । मधेशका लागि अलि अन्सारीले ५६ बलमा ३२ रन जोड्दा इम्रान शेखले २८ रन जोडे । मयन यादवले २३ तथा डब्लु मल्लिकले ११ रन बनाए । मधेशका अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । 

सुदुरपश्चिमका लागि नरेन साउँदले ९ दशमलव १ ओभरमा २४ रन खर्चिएर ५ विकेट लिए । हेमन्त धामीले ३ तथा युवराज खत्रीले २ विकेट लिए । अपराजित सुदुरपश्चिम आजको खेलमा जित हात पारेर एक खेल अगावै फाईनल पुगेको हो ।  पाँच खेलबाट सुदुरपश्चिमको १० अंक भएको छ । 

मधेश प्रदेश चार खेल अंक बिहिन रहेर अंक तालिकाको पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिसकेको छ । प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।  

सिंगल राउन्ड रोविनपछि शीर्ष दुई टोली मंसिर १९ मा फाइनल खेल्नेछन् । प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् । यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार पाउने छन् । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update