Sagun Khabar
बैतडीका थप तीनजनामा कोरोना पुष्टि 

बैतडीमा भारतबाट फर्केका थप तीनजनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका नागरिकको झुलाघाट नाकामा एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा थप तीन जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

शनिबार ३९ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा दशरथचन्द नगरपालिका ९ का २० बर्षीय पुरुष, दशरथचन्द नगरपालिका ११का ३९ बर्षीय पुरुष र दशरथचन्द नगरपालिका १० का ३५ बर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको उनले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८ पुगेको छ । ८ जना मध्ये ७ जना दशरथचन्द नगरपालिकाका छन् भने १ जना दोगडाकेदारका रहेका छन् । संक्रमित आठै जना होम आइसोलेसनमा बसीरहेका छन् । दशरथचन्द नगरपालिकाले आइसोलेसन सेन्टर सञ्चालन ल्याउने भने पनि आइसोलेसन सेन्टर तयार नभएकाले संक्रमितहरुलाई होम आइसोलेसनमा पठाइएको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए ।

झुलाघाट नाकामा चैत १० देखि शनिबार सम्म ३९ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएको छ ।

यसैबीच दार्चुलामा भारतबाट फर्किएका एक जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर २ का ३८ वर्षीय पुरुषमा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमण पुस्टि भएको हो । उनी भारतको उत्तर प्रदेश नोयडाबाट नेपाल फर्केका हुन् । ती पुरुषलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । 
 

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update