Sagun Khabar
माओवादी केन्द्र बैतडीमा संगठन विस्तार गर्दै 

नेकपा माओवादी केन्द्र बैतडीले आफ्नो युवा संगठन वाइसियललाई विस्तार गरेको छ । जिल्लाका सबै पालिकामा वाइसियलको नेतृत्व टुंगो लगाएको वाइसियलका जिल्ला इन्चार्ज कमल बोहराले बताए  । शुक्रबारदेखि शुरु भएको पार्टीको विस्तारित बैठकले १० ओटै पालिकामा वाइसियलका इन्चार्ज र संयोजक तोकेको बोहराले जानकारी दिए ।

यस्तै ९३ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटि समेत गठन गरिएको छ । इन्चार्ज बोहराका अनुसार वाइसियलको पुर्चौडी नगरपालिकाको ईन्चार्जमा नवीन बोहरा र संयोजकमा कर्ण धानुकलाई चयन गरिएको छ । यस्तै डिलाशैनी गाउँपालिकाको ईन्चार्जमा बहादुर भण्डारी र संयोजकमा जनक धामीलाई चयन गरिएको बोहराले जानकारी दिए  । सुर्नया गाउँपालिकाको ईन्चार्जमा केशब भट्ट र संयोजकमा जयबहादुर बिष्टलाई तोकिएको छ । सिगास गाउँपालिकाको ईन्चार्जमा राम खडायत र संयोजकमा महेन्द्र सिह साउँदलाई चयन गरिएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै पाटन नगरपालिकाको ईन्चार्जमा ज्वाला बिष्ट र संयोजकमा मानसिह बिष्ट, दशरथचन्द नगरपालिकाको ईन्चार्जमा गणेश बडु र संयोजकमा दीपक शर्मालाई चयन गरिएको छ । यस्तै दोगडाकेदार गाउँपालिकाको ईन्चार्जमा मोहन कार्की र संयोजकमा कमल धामीलाई चयन गरिएको छ ।

यस्तै मेलौली नगरपालिकाको संयोजकमा पुष्कर भट्टलाई ताकिएको छ भने ईन्चार्ज तोक्न बाँकी रहेको छ । पञ्चेश्वर गाउँपालिकाको ईन्चार्ज पनि तोक्न बाँकी रहेको र संयोजकको जिम्मेवारी  दिनेश विकलाई दिईएको छ । शिबनाथ गाउँपालिकाको भने ईन्चार्ज र संयोजक दुबै तोक्न बाँकी रहेको छ । यस्तै माओवादी केन्द्रले बैशाख ५ गतेदेखि २० गतेसम्म पालिकाहरुमा सम्मेलन समेत गर्ने निर्णय गरेको छ ।
 

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update