Sagun Khabar
शिवनाथका ६ ओटै वडा पूर्ण खोप सुनिश्चितता वडा घोषणा 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडीको शिवनाथ गाउँपालिकाका ६ ओटै वडालाई पूर्ण खोप सुनिश्चितता वडा दिगोपना तथा घोषणा गरिएको छ । गाउँपालिकाका सबै वडामा २ बर्ष मुनिका बालबालिकाहरुले लगाउनुपर्ने खोप लगाएपछि शनिबार एक कार्यक्रमकाबीच पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले जानकारी दिए  ।

२ बर्ष मुनिका बालबालिकाहरुले लगाउनुपर्ने बिसीजी,डिपीटी हेबबिहिब, पीसीभी, रोटा,दादुरा रुबेला, एफआइटीबी, जेइ र ओपडी खोप लगाएकाले पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको उनले बताए ।

गाउँपालिकाका सबै वडा पूर्ण खोप सुनिश्चितता वडा भईसकेकाले अब गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा हुने बताइएको छ । जिल्ला खोप समन्वय समितिले पालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र दिने स्वास्थ्य शाखा प्रमुख महताले बताए । 
 

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  ०७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update