Sagun Khabar
बेपत्ता साउँदको खोजीमा गाउँले 
बेपत्ता ठगी साउँदको खोजीमा निस्किएका गाउँले
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ७ का ४६ वर्षीय ठगी साउँदको खोजीमा गाँउलेहरु निस्केका छन् । कामको सिलसिलामा बझाङको दुर्गाथली गाँउपालिका २ जुजीमा मजदुरी गर्दै आएका ४६ वर्षीय ठगी साउद यही चैत्र २२ गते राती ११ बजे बेपत्ता भएका थिए ।

साउँद बेपत्ता भएको खबर पाएपछि गाउलेहरु खोजीका लागि बझाङका बिभिन्न ठाँउमा पुगेको स्थानीय सुरेन्द्रसिह साउँदले जानकारी दिए । दुर्गाथली गाउपालिकाका बिभिन्न झङ्गल हुदै गाँउगाँउमा सोधीखोजी गर्दै हिँडिरहेको उनले बताए  गाँउबाट २५ जनाको समुह खोजीका लागि निस्केको र अहिले तीन टोली बनाएर खोजी कार्य भईरहेको भएपनि बेपत्ता साउँद फेला नपरेका बताइएको छ ।

प्रहरीलाई लिखित रुपमा पनि जानकारी गराएको भएपनि खोजतलासमा सहयोग नगरेको आफन्तले गुनासो गरेका छन । ठगी साउद २२ गते राती खाना खाएर सुतीरहेका बेला एक्कासी बाहिर गएर बेपत्ता भएको ठगी साउद सँगै काम गर्ने बैतडी पुर्चौंडी गमी साउँदले बताउनुभयो । ठगी साउँद गत मंसीर २८ गते दैनिक ज्यालादारीमा काम गर्न बझाङ गएका थिए  । 
 

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update