पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको मृत्यु
                        
                        
                                                
                                             
                                                                    पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको ज्यान गएको छ । बलुचिस्तान प्रान्तमा भएको दुर्घटनामा ४० जनाको शव भेटिएको र बाँकीको उद्धार भइरहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।
पुलको पिल्लरमा ठोक्किएर तल खाल्डोमा खसेलगत्तै बसमा आगो लागेको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ । बसमा ४८ जना यात्रु रहेका विवरण प्राप्त भएको र बाँकीको खोजी भइरहेको भन्दै पाकिस्तानी प्रहरीले बसमा रहेका सबैको ज्यान गएको आशङ्का गरेको छ ।
दुर्घटनामा परेकाे यात्रुवाहक बस क्वेटाबाट कराँची गइरहेको थियो ।
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १४:०२
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    