Sagun Khabar
बैतडीका थप दुईजनामा कोरोना पुष्टि 
स्वास्थ्य सन्देश
Atrya hospital

भारतबाट फर्केका बैतडीका थप दुईजनामा आइतबार कोरोना पुष्टि भएको छ । झुलाघाट नाकामा एन्टीजेन विधिबाट चेकजाँच गर्दा थप दुईजनामा कोरोना पुष्टि भएको झुलाघाट हेल्थडेस्कमा कार्यरत हेल्थ असिष्टेन्ट धर्म विकले जानकारी दिए  ।

भारतको नयाँ दिल्लीबाट फर्केका पञ्चेश्वर गाउँपालिका ८ का २८ बर्षीय पुरुष र दशरथचन्द नगरपालिका ९ का २४ बर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको उनले बताए  । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या १० पुगेको छ ।

भारतका अति कोरोना प्रभावित क्षेत्रबाट फर्केका नागरिकको सीमा नाकामा एन्टीजेन विधिबाट कोरोना परीक्षण हुँदै आएको छ । अहिले सम्म सीमा नाकाबाट फर्केका ३३६ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएको हेल्थ असिष्टेन्ट विकले जानकारी दिए ।  
 

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update