Sagun Khabar
सपनाको घर जलिरहदा टुुलुटुलु हेरिरहे !“निर्मला” 

बैतडी– “खाना पकाउदै थिए एक्कासि हेलिकप्टरको जस्तो आवाज आयो । आवाज सँगै बिजुलिको मिटरमा आगो आउन थाल्यो । हतार हतार बाहिर निस्किए बाहिर नपुग्दै मेरो सपानाको घरमा दनदननि आगो लागीरहेको देखे । श्रीमान र छोरी पनि आएपुगे सुनीताका बा हाम्रो होटेल... बाहेक बोल्न सकेन ।’ निर्मला दौडीदै होेटेन निर पुगिन् । तर निर्मलाको सपनाको घर भने जलिरह्यो ।

 ‘छोरी पराईघर पठाउनु छ । कमजोर शिक्षा र गरिबीको मारमा अल्झिरहेको छोराको भबिस्य अन्धकारमा छ । दिनरात मेहनत गरेर अहिले सम्म जम्मा गरेका मेरा सारा सपना खरानि भए । भक्कानिदै निर्मलाले सुनाईन ।’ 

स्वास्थ्य सन्देश
Atrya hospital

दुःखको रङ्ग सुखको रङ्गभन्दा धेरै फरक छ । हरकोहीलाई दुःख छेउमै नआइदियोस् जस्तो लाग्छ । हरकोहीलाई यसको छेउछाउबाट पनि गुज्रनु नपरोस् जस्तो हुन्छ । मान्छे दुःखी हुनु नपरोस् भनेर संघर्ष गर्दै गर्दा थाकेर दुःखी छ । त्यसरी नै आज निर्मला दुःखी छिन ।

बैतडीको पाटन नगरपालिका ४ थुमकी निर्मला भट्टको पुश २४ गते राती करिब ९ बजेतिर होटेलमा आगलागी भयो । विद्युत सर्ट भएर आगलागी हुदा अरुत परै जावस आफ्नो गल्ला समेत बचाउन सकिनन् निर्मलाले ।
‘करिब ९ बजेको कुरो हो  हाटेल बन्द गरेर सुनीताका बा आउनु भयो । म खाना पकाउदै थीए । छोरी पनि सँगै थिइन् । स–परिवार खाना खाने तयारिमा थिए । एक्कासि विजुलिको तार हरुमा आगो आउन थाल्यो । मिटरमा आवाज आयो बन्द भयो । एकदमै डर लाग्यो बाहिर दौडीए । बाहिर दनदनि होटेल जलिरहेको थियो । ’ 
करिब दुइ घण्टापछि दमकल पुगे पनि निर्मालाको होटेल भने पुरै खरानी भयो । श्री भगवती आ वि देउथलामा बाल विकास सहजकर्ताको रुपमा काम गरिरहेकी निर्मला अहिले निकै पिरमा छिन् । 

अब के गर्नुहून्छ ? ‘मलाई केहि थहा छैन । झल्झल्ति त्यही होटेल देखिराछु । मेरा सपनाहरु दनदनि सल्केर खरानी भएका देखिराछु,छोराको अनुहार देखिराछु, अनि छोरि.. आखाँमा आसुका डिल अनि मलिन अनुहार बनाई भक्कानिइन् निमार्ला । ’ 

कस्को मन नरोला र रु रातदिन भोक,तिर्खा,दुःख,कष्ट केहिपनि नभनि जिवनभरीको मेहनत एकै धण्टामा नष्ट हुदा । आफ्नै अगाडि खरानी बन्दा,आफ्ना सन्तानको खुसिका लागी जिवन दाउमा राखी गरेको मेहनत खरानी हुदा । होटेल बनाउदाको ऋण समेत तिर्न बाँकी छ निर्मलाको ।
 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update