Sagun Khabar
जयपृथ्वी राजमार्ग पुनः अवरुद्ध 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको छ ।  राजमार्ग अन्तर्गत बझाङको तमैल नजिकको मेल ढाँगा र कचाली खोलामा पहिरो आउँदा राजमार्ग पुनः अवरुद्ध भएको हो । दुबै ठाउँमा पहिरो खस्ने क्रम नरोकिएको र पानी परिरहेको हुँदा राजमार्ग खुलाउन असहज भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार सडक खुलाउन डोजर तयारी अवस्थामै भए पनि पानी परीरहेका समस्या भएको छ।

यसअघि कचाली खोला र ढोल्यामोडमा पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको थियो । ढोल्यामोडको पहिरो बुधबार मात्रै पन्छ्याईएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update