Sagun Khabar
बैतडीमा स्कुल भ्यान दुर्घटना
स्वास्थ्य सन्देश
Atrya hospital

 बैतडीमा आइतबार स्कुल भ्यान दुर्घटना भएको छ । जिल्लाको पाटन नगरपालिका ८ स्थित ज्ञानज्योती बोर्डिङ स्कुलको से १ च ८३४ नम्बरको भ्यान दुर्घटनामा परेको हो ।

विद्यालयबाट विद्यार्थीहरुलाई घर पुर्याउँदै गरेको भ्यान सडक छेउमै पल्टेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख धनदेव साउँदले जानकारी दिए  । भ्यान दुर्घटना हुँदा २ जना विद्यार्थी समान्य घाइते भएका र उनीहरुको डडेल्धुरामा अस्पतालमा उपचार भईरहेको उनले बताए ।

साइड लगाउने क्रममा भ्यान अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । भ्यान दिउँसो ४ बजेतिर दुर्घटनामा परेको हो । भ्यानमा ९ जना विद्यार्थी रहेका बताइएको छ । 
 

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update