Sagun Khabar
बैतडीको सुर्नयामा सुत्केरीलाई उपाध्यक्षको कोसेली 
फोटो : बैतडीको सुर्नया गाउँपालिका ८ मा कोसेली वितरण गरिँदै 

बैतडीको सुर्नया गाउँपालिकाले सुत्केरी आमाहरुलाई उपाध्यक्षको कोसेली दिन थालेको छ । हजार दिने आमा र बच्चाको स्वास्थ्य र पोषणमा सुधार ल्याउनका लागि उपाध्यक्ष कोसेली वितरण कार्यक्रम शुरु गरिएको गाउँपालिका उपाध्यक्ष लीला बिष्टले जानकारी दिइन् ।

उनले भनिन् ‘हामीले हजार दिने आमा र बच्चाको स्वास्थ्य र पोषणमा सुधार ल्याउनका लागि यो कार्यक्रम सञ्चालन गरेका हौं । यसले घरपरिवारलाई पनि सुत्केरी आमाहरुको स्वास्थ्यको बिषयमा ध्यान दिनुपर्छ भन्ने सन्देश जान्छ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

गत विगतका बर्षहरु जस्तै यो बर्ष पनि सुत्केरी आमाहरुलाई उपाध्यक्षको कोसेली वितरण गर्न थालिएको उनले बताइन् । पालिकाका ८ ओटै वडामा रहेका सुत्केरी आमाहरुलाई कोसेली वितरणको काम भईरहेको हो । 

कोसेलीमा चना, सरसफाईका सामग्री, बर्खे तरकारीको बीउ, सेनेटरी प्याड र एउटा झोला दिने गरिएको छ । नेपाल सरकारको प्रोटोकल अनुसार ४ पटक गर्भजाँच गराएको, स्वास्थ्य संस्थामै सुत्केरी भएको आमाहरुलाई कोसेली दिने गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए । संस्थागत सुत्केरीको संख्या बढाउन पनि यो कार्यक्रमले सहयोग गर्ने महराले जानकारी दिए ।

 

प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  ०७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update