Sagun Khabar
बझाङमा पहिरोमा पुरिएर एकजनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ– बझाङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको तलकोट गाउँपालिका–६ रजाडामा पहिरो जाँदा ६० वर्षीया सुना दमाईको शुक्रबार मृत्यु भएको हो ।

धारामा पानी भर्ने बेलामा जमिन भासिएर पहिरो खसेपछि पहिरोमा पुरिएर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रुपक खड्काले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update