Sagun Khabar
डोटीमा कुटपिट गरी एक युवकको हत्या
सांकेतिक तस्विर
स्वास्थ्य सन्देश
Atrya hospital

डोटीमा कैलालीका युवकको हत्या गरिएको छ । डोटीको पूर्वीचौकी गाउँपालिका–१ छेप्लाडीमा कुटपिट गरी कैलालीका एक युवकको हत्या गरिएको हो ।

छेप्लाडीमा निर्माणाधिन स्कुलको भवनमा मजदुर काम गरी बस्ने कैलाली धनगढी उपमहानगरपालिका–१७ धुर्जनाका ३५ वर्षीय रजि साउदको कुटपिट गरी हत्या गरिएको डोटी प्रहरीले जनाएको छ । 

पूर्वीचौकी गाउँपालिका–१ छेप्लाडीका ३५ वर्षीय डबल सेट्टीले आइतबार कुटपिट गर्दा गम्भीर घाइते भएका चौधरीको उपचारको लागि धनगढी ल्याउने क्रममा मृत्यु भएको डोटी प्रहरीले बताएको छ । सेट्टीलाई आइतबार राति नै प्रहरीले पक्राउ गरेको छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update