Sagun Khabar
दार्चुलामा  बलात्कारको आरोपमा एक जना पक्राउ
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला- दार्चुलामा  बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन्।   युवतीमाथि बलात्कार गरेको आरोपमा जिल्लाको दुहुँ गाउँपालिका ४ चिनचिरीका ३६ वर्षीय इन्द्रबहादुर बम पक्राउ परेका हुन्।

उनी  गत शुक्रबार राती १९ वर्षीया युवतीमाथि घरमै गएर बलात्कार गरेको आरोपमा समातिएका दार्चुलाका प्रहरी निरीक्षक एवम सूचना अधिकारी जगतगाहा मगरले बताए ।  युवतीले दिएको  जाहेरीका आधारमा  बमलाई शनिबार पक्राउ गरिएको हो। पक्राउ परेका बममाथि अहिले जिल्ला अदालत दार्चुलाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइहरेको प्रहरी निरीक्षक मगरले बताए ।

शनिबार जिल्ला अस्पताल दार्चुलामा पीडित युवतीको स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेकोे छ ।

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update