Sagun Khabar
साइकल भीरबाट खस्दा दार्चुलामा दुई विद्यार्थी घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –साइकल भीरबाट खस्दा दार्चुलामा दुई विद्यार्थी घाइते भएका छन् । शनिवार महाकाली नगरपालिका–९ सकारको भीरमा साइकल खस्दा दुई विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ ।

साइकलमा सवार रहेका नौगाड गाउँपालिका–६ का १८ वर्षीय बिरेन्द्र ठगुन्ना र महाकाली नगरपालिका–६ का १७ वर्षीय भाष्कर भाट घाइते भएका हुन् । बिरेन्द्र ठगुन्नालाई जिल्ला अस्पताल दार्चुलामा उपचारपछि घर पठाइएको छ भने भाष्कर भाटलाई गम्भीर चोट लागेकाले थप उपचारका लागि भारतको पिथौरागढ रेफर गरिएको प्रहरीले जनाएको छ । 

साइकल सडकबाट करीब ४० मिटर तल महाकाली नदीमा खसेको प्रहरीले जनाएको छ । साइकलबाट खसेर घाइते भएका दुवै मालिकार्जुन नमूना माध्यामिक विद्यालय धापमा अध्ययनरत रहेका बताइएको छ । 
 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update