Sagun Khabar
भन्सार कार्यालयमा  हाजिर भए  हाकिम 

बैतडी - भारतीय सीमासंग जोडिएको महाकाली भन्सार कार्यालय झुलाघाटमा हाकिम हाजिर भएका छन् । कासको भरमा छाडेर विदामा बसेका हाकिम अनील कुमार झा सगुन खबरले खबरदारी गरेपछि कार्यालयमा हाजिर भएका हुन् । आफु १० गते राती नै कार्यालयमा पुगेको उनले बताए ।

कासको भरमा भन्सार कार्यालय भेटिएपछि सगुनखबरले  ‘महाकाली भन्सार कार्यालयमा हाकिमको मनपरी, कार्यालय सहयोगीको हालिमुहाली’ भन्ने शिर्षकमा समाचार छापेको थियो हाकिम बढी जसो विदामा बस्ने गरेका गुनासा आएपछि खबरदारी गरिएको थियो । चैत ९ गते सगुनखबरको टोलि रिपोटिङमा जाँदा भन्सार कार्यालयमा कार्यालय सहयोगी मात्रै  भेटिएका थिए ।

भन्सार कार्यालय जस्तो महत्वपूर्ण अड्डा कार्यालय सहयोगीको भरमा भनेर सगुनखबरले सरोकारवालाहरुको ध्यानाकर्षण गराएको थियो ।   आफु धेरै विदामा नबस्ने गरेको भन्दै कार्यालय प्रमुख झाले काम विशेषले जाने गरेको बताए । कर्मचारी अभावका कारणले विदामा गएका बेला कार्यालय सहयोगीहरूले काम गर्ने गरेका उनले स्वीकार गरे  ।  यस्तै कार्यालयमा लेखापाल देव राज राना पनि हाजिर भएका छन् ।

भारतीय सीमासंग जोडिएको भन्सार कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी छैनन् । दरबन्दी अनुसारका कर्मचारी नहुँदा पनि समस्या हुने गरेको छ । ११ जनाको दरबन्दी रहेको भन्सार कार्यालयमा कर्मचारी अभाव रहेको हो ।

दुई जना खरिदार, दुई जना नायब सुब्बा, एकजना लेखापाल, एक जना कम्प्युटर अपरेटर र ५ जना कार्यालय सहयोगीहरुको दरबन्दी रहेको भन्सार कार्यालयमा अहिले एक जना कार्यालय प्रमुख, लेखापाल र दुई जना कार्यालय सहयोगी मात्रै कार्यरत छन् । भन्सार कार्यालय जस्तो महत्वपूर्ण अड्डामा  कर्मचारी नहुँदा समस्या हुने गरेको  छ । 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १५:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update