Sagun Khabar
बैतडीमा जिप दुर्घटना, एकजनाको मृत्यु  

बैतडी –बैतडीमा जिप दुर्घटना हुुँदा एकजनाको मृत्यु भएको छ । देहीमाण्डौं –गिरेगडा सडक खण्ड अन्तर्गत पञ्चेश्वर गाउँपालिका वडा ५ तिलकपुर भीटा भन्ने स्थानमा जिप दुर्घटनाा परेको हो ।  गणमेश्वरबाट देहीमाण्डौं तर्फ आउँदै गरेको से १ ज २९५ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । 

मृतकको सनाखत हुन सकेको छैन् । १२ जना सवार रहेको जिप सडकबाट झण्डै ७० मिटर तल खसेको बताइएको छ । अन्य ११ जना घाइते रहेका छन् । उनीहरुको उद्धार कार्य भइरहेको छ । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीसहित ३० जनाको उद्धार टोली घटनास्थल तर्फ गएको छ । 

ब्रेक फेल भइ जिप दुर्घटनामा परेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ । 
 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १२:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update