Sagun Khabar
दार्चुलामा एमाले उपाध्यक्षले ढुङ्गा हान्दा काङ्ग्रेसका पुर्व सचिव घाइते

दार्चुला –नेकपा एमाले दार्चुलाका जिल्ला उपाध्यक्ष चरनसिंह बुढाथोकीले ढुङ्गा प्रहार गर्दा काङ्ग्रेसका पुर्व जिल्ला सचिव हरक बिष्ट घाइते भएका छन् । 

बुधबार राती करिब पौने ९ बजेतिर महाकाली नगरपालिका–४ सुपथ मुल्य पसल अगाडि बुढाथोकीले बिष्टमाथि ढुङ्गा प्रहार गर्दा उनको हात र खुट्टामा चोट लागेको छ ।

घटनाबारे प्रहरीलाई जानकारी दिइएको छ । बिष्टको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घटनाका बिषयमा थप विवरण आउन बाँकी रहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  ०८:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update