Sagun Khabar
बैतडीमा किन भएन् पत्रकारको निर्वाचन ? 
स्वास्थ्य सन्देश
Atrya hospital

 देशभरका अन्य सबै जिल्लाहरुमा पत्रकार महासंघको निर्वाचन सम्पन्न भएपनि बैतडीमा निर्वाचन किन हुन सकेन् ? यो प्रश्न सबैको मनमा उब्जिएको छ । २५चैतमा बैतडीमा पनि मतदान त भयो । तर उक्त मतदान प्रदेश र केन्द्रीय समितिमा भोट हाल्नका लागि मात्रै भएको थियो । तर उक्त मतदानले जिल्ला कार्यसमिति भने चयन गरेन । जिल्लाको निर्वाचन किन नभएको भन्ने प्रश्नका उत्तरहरु तपसिल अनुसार छन् । 
१. वास्तविक पत्रकारिता गरिरहेका व्यक्तिहरूलाई पाखा लगाउँदै गैर पत्रकारलाई भोट हाल्न लगाई समिति चयन गर्न खोजिएकाले । 
२. पत्रकारहरू स्वतन्त्र तथा सञ्चार माध्यम निश्पक्ष हुनुपर्नेमा राजनितीक हस्तक्षेप र मेरो नेतृत्वमा मात्रै समिति बन्नु पर्छ भन्ने गलत सोच हाबी भएकोले ।
३. साझा संस्था महासंघमा एकल अध्यक्षको हुकुमी शासन चलेकाले ।
४. महासंघ कुनै कारोबार गर्ने संस्था नभइकन पत्रकारहरूको हकहितमा कामगर्ने संस्था हो भन्ने विधानमा स्पष्ट उल्लेख हुँदाहुदैँ बैतडी महासंघले पैसाको कारोबार गर्ने र आफूखुसि पैसा चलाउने भाडो बनाएकाले ।
५. जिल्लामा शुद्धीकरणको अभियानमा हस्ताक्षर गर्ने तर चोर बाटोबाट गैर पत्रकारहरूलाई सदस्यता प्रदान गर्नमा दबाव दिई द्वैध चरित्र देखाएकाले ।
६. निर्वाचन समिति संयोजकले पक्ष विपक्ष गरेर आफैले आचारसंहिता विपरीत काम गरेकोले ।
७. अवैधानिक सञ्चार गृहका मालिकहरूसगं महासंघ बैतडीको तालाचाबी भएको कारणले ।
८. पत्रकार महासंघ बैतडीमा आर्थिक पारदर्शिता नभएको कारण पत्रकार महासंघको जिल्ला निर्वाचन हुन नसकेको देखिन्छ । उल्लेखित अनियमितताहरुमा पत्रकार महासंघ जिल्ला शाखा बैतडीको प्रत्यक्ष संलग्नता छ भने, निर्वाचनका लागी तोकिएको निर्वाचन समितिको समेत बिभिन्न कमजोरीका कारण निर्वाचन हुन नसकेको प्रष्ट भएको छ ।
बैतडीमा बिगतदेखि पत्रकार महासंघका सदस्यहरु सुद्धिकरण गर्नुपर्ने माग उठ्दै आएको थियो । यसैबिच गत २३ फागुनमा सदस्यता शुद्धिकरणका लागि भन्दै संघर्ष समिति गठन गरियो । उक्त समितिले निरन्तर आफ्ना संघर्षका कार्यक्रम जारी राख्यो । संघर्ष समितिको मुख्य माग वास्तविक पत्रकारले मात्रै पत्रकार महासंघको सदस्यता पाउनुपर्ने र हालसम्म गैर पत्रकारलाई दिइएको सदस्यता खारेज गर्नुपर्ने भन्ने रहेको थियो । यसका साथै पत्रकार महासंघ जिल्ला शाखा बैतडीले आफ्नो कार्यकालमा गरेको आर्थिक कारोवारको सत्यतथ्य विवरण सार्वजनिक गर्नुपर्ने माग संघर्ष समितिको थियो । तर उक्त मागप्रति महासंघ जिल्ला शाखा उदासीन देखियो । यसै सिलसिलामा २५ चैतमा हुने निर्वाचनको लागी २२गते मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका थियो । २२चैतमा संघर्ष समितिको विरोधका कारण उमेदवारको मनोनयन दर्ता भएन् । संर्घष समितिले भने निर्वाचन समितिकै कार्यालयमा तालाबन्दी ग¥यो । यसैबिच ३पटकसम्म निर्वाचन समितिले मनोनयनको म्याद थप गरि संघर्ष समितिलाई मनाउन केहि प्रयत्न समेत ग¥यो तर संघर्ष समितिका मागका बिषयमा कुनै निष्कर्ष निस्केन । जसमा पत्रकार महासंघ जिल्ला शाखा बैतडीको कमजोरीका साथै निर्वाचन समितिको समेत गैर जिम्मेवारीपन देखियो । लक्ष्मी दत्त पाण्डेय अधिकृत रहेको निर्वाचन समितिका कमजोरीहरु तपसिल अनुसार रहेको पाइयो ।
१. निर्वाचन समितिको कार्यालयमा तालाबन्दी भएपछि निर्वाचन समितिका व्यक्तिहरुले बिना सुचना गोप्य कोठामा मनोनयन दर्ता गरे ।
२. मनोनयन गर्ने केहि उमेदवारको मनोनयन पत्र नबुझी निर्वाचन समिति सम्पर्क बिहिन भयो । 
३. चैत २३गते ४बजेभित्र अन्तीम नामावली सार्वजनिक गर्ने कार्यसुचि हुदाँपनि योजनाबद्ध रुपमा रातिको समयमा नामावली प्रकाशन गरियो ।
४. जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारीकै उपस्थीतीमा भएको अनौपचारिक बैठकमा एकहप्तापछि मात्रै जिल्लाको चुनाव हुने भनेर निर्वाचन अधिकृतले अन्तिम विकल्प दिएपनि आफै सम्पर्क बिहिन भई एक्कासी राति केहि उमेदवारको नाम अन्तिम नामावलिको रुपमा प्रकाशन ग¥यो । 
६. निर्वाचन समितिका सदस्यलाई फोनगरि बुझ्दा निर्वाचन हुनसक्ने कुनै बिकल्प नरहेको भन्ने जानकारी आएपनि निर्वाचन अधिकृतले एकल हस्ताक्षरमा अन्तिम नामावली प्रकाशन ग¥यो । लक्ष्मीदत्त पाण्डेय निर्वाचन अधिकृत रहेको अवस्थामा समेत आचारसहिंता बिपरित पत्रकारहरुको पक्ष बिपक्षको प्रेश बिज्ञप्तीमा हस्ताक्षर गरेकाछन् । यसरी यी सबै कुराहरु हेर्दा पत्रकारकै हकहितका लागी लडाई गरिरहेको र पत्रकारहरुको संस्थालाई मार्यादित बनाउन लागीपरेको संघर्ष समितिका मागहरुप्रति पत्रकार महासंघ जिल्ला शाखा र निर्वाचन समिति समेत उदासीन देखिएकाले पत्रकार महासंघ जिल्ला शाखा बैतडीका लागी निर्वाचन हुन सकेको छैन् । अब महासंघको केन्द्रीय निर्वाचन समितिको निर्णय अनुसार बैतडीमा पत्रकार महासंघको आगामी यात्रा अगाडी बढ्ने देखिएको छ । अब के होला ? हेर्न बाकिँ छ । तर देशभरका सबै जिल्लामा निर्वाचन सम्पन्न हुँदा बैतडीमा निर्वाचन हुन नसक्नु भने अत्यन्तै दुःखको कुरा हो ।

प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update