Sagun Khabar
सिगास गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा 

बैतडी,३० चैत–
बैतडीको सिगास गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । गाउँपालिकाका सबै वडा पूर्ण खोप सुनिश्चित घोषणा भईसकेपछि आइतबार पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको शिवलिंग स्वास्थ्यचौकीका प्रमुख भीमसिंह ऐरले जानकारी दिए  ।

दुई बर्ष मुनिका बालबालिकाहरुले पाउनुपर्ने सबै खोप पाए नपाएको अनुगमन गरेर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको उनले बताए । दुई बर्ष मुनिका बालबालिकाहरुलाई विभिन्न रोगबाट बचाउनका लागि बिसीजी, डिपीटी हेबबिहिब, रोटा, पोलियो, पीसीभी, दादुरा–रुबेला लगायतका खोप लगाउने गरिन्छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

पालिकाका सबै बालबालिकाहरुले यी सबै खोप पाएकाले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको ऐरले जानकारी दिए  ।

बैतडी पूर्ण खोपयुक्त जिल्ला पहिला नै घोषणा भएकाले सो अनुसार खोप लगाउने काम भएनभएको बारेमा अनुगमन गरेर पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने अभियान सञ्चालन भईरहेको हो । यसअघि जिल्लाको शिवनाथ गाउँपालिकाले पनि पालिकाका सबै ६ ओटै वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिसकेको छ । 
 

प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update