Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा थाइराइडको चेकजाँच सेवा शुरु 
फोटो : जिल्ला अस्पताल बैतडीमा जडान गरिएको थाइराइड चेकजाँच गर्ने मेसिन

बैतडी, ३० चैत–
जिल्ला अस्पताल बैतडीमा थाइराइडको चेकजाँच हुने भएको छ । थाइराइड चेक गर्ने मेसिन बनेपछि थाइराइडको चेकजाँच सेवा पुनः शुरु भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए  । जिल्लामै थाइराइडको चेकजाँच भएपछि बिरामीहरुलाई समेत सजिलो हुने उनले बताए। 

थाइराइड भएमा महिलाहरुको महिनावारी नियमित नहुने, बच्चा गर्भमा बस्न नसक्ने, मोटोपन लगायतका लक्षण देखापर्छन भने पुरुषमा पनि मोटोपन हुने, निद्रा नलाग्ने, आलस्य बढ्ने लगायतका लक्षणहरु देखा पर्दछन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

थाइराइडको समस्या भएकाहरुले औषधि सेवन गरेमात्रै निको हुने भएकाले यो सेवालाई नागरिकलाई सहज हुने डा. जोशीको भनाई छ ।

जिल्लामा अस्पतालमा २०७६ सालमै थाइराइड चेकजाँच गर्ने मेसिन आएको भएपनि मेसिन बिग्रेका कारण सेवा सञ्चालनमा आउन सकेको थिएन् । जिल्ला अस्पतालले थाइराइड चेकजाँचका लागि ८ सय रुपैंया शुल्क निर्धारण गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update