Sagun Khabar
माया बिष्टलाई प्रवासी नेपालीको सहयोग 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी, ३० चैत–
बैतडीको सुर्नया गाउँपालिका वडा नं ५ बरभैयाका माया बिष्टलाई प्रवासमा रहेका नेपालीहरुले सहयोग गरेका छन् । मायाका श्रीमान भानबहादुर बिष्टको रोजगारीकै सिलसिलामा भारतमै मृत्यु भएपछि मायालाई घरपरिवार चलाउन निकै समस्या भएको छ ।

१२ बर्ष मुनिका ५ जनाका छोराछोरीको स्याहार गर्न मायालाई मुस्कील भएकाले प्रवासमा रहेका नेपालीहरुले संकलन गरेको १८ हजार ५६० रुपैंया माया बिष्टलाई सोमबार हस्तान्तरण गरिएको हो ।

निरञ्जन बिष्ट, भानबहादुर बिष्टको लगायतको सक्रियतामा सहयोग रकम संकलन गरिएको हो । प्रवासमा रहेका नेपालीहरुले संकलन गरेको रकमले मायाको परिवारलाई केही राहत पुग्ने स्थानीय शंकर बिष्टले बताउनुभयो । माया बिष्टको परिवार अहिले विचल्लीमा रहेकाले सहयोग गर्नका लागि सबैलाई आग्रह समेत गरिएको छ । 
 

प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update