Sagun Khabar
बैतडीको खोड्पे बजार अमरगढीको दमकलले बचायो, पाटनको दमकल बिना पाइप पुग्यो
स्वास्थ्य सन्देश
Atrya hospital

 बैतडी, ३० चैत –
बैतडीको खोड्पे बजार आगलागि हुनबाट बचेको छ । सोमबार बिहान रिसेडीबाट सल्केको आगो दिउँसो बजार बजार क्षेत्रमा पुग्नै लाग्दा डडेल्धुरा अमरगढी नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको स्थानीय व्यापारी मोहन बिष्टले जानकारी दिए ।

पाटन नगरपालिकालाई दमकलका लागि आग्रह गरेको भएपनि समयमा नपुगेको र पछि पनि बिना पाइप दमकल आएको उनले बताए । अमरगढी नगरपालिकको दमकल आएकाले ठूलो क्षति हुनबाट बचेको बिष्टले बताए । उनले भने  ‘पाटन नगरपालिकामा दमकलका लागि बिहानै खबर गरेको भएपनि समयमा आएन । पछि समेत बिना पाइपको दमकल आयो ।’

नगरपालिकाको दमकल नआएको भन्दै खोड्पेका व्यापारी रुष्ट भएका छन् । अहिले पनि आगलागिको जोखिम कायमै रहेको स्थानीयहरुले बताएका छन् । लगातारको खडेरीका कारण विभिन्न ठाउँमा आगलागिको जोखिम बढ्दै गएको छ । 
 

प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update