Sagun Khabar
प्रमुख जिल्ला अधिकारी जोशीको बिदाई 
फोटो : प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको बिदाई पछि खिचिएको सामूहिक तस्बिर

बैतडी, ३१ चैत 

बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको बिदाई गरिएको छ । बैतडीबाट रुपन्देहीको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएपछि जोशीको मंगलबार बिदाई गरिएको हो । रेडियो निङ्गलाशैनी परिवारले पनि प्रमुख जिल्ला अधिकारी जोशीलाई एक कार्यक्रमको आयोजना गरेर बिदाई गरेको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

बैतडीमा बस्दा सहयोग गरेको भन्दै प्रमुख जिल्ला अधिकारी जोशीलाई मायाको चिनो सहित बिदाई गरिएको प्रबन्ध निर्देशक महेश अवस्थीले बताए  । प्रमुख जिल्ला अधिकारी जोशीलाई खादा ओढाउनुका साथै मायाको चिनो प्रदान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी जोशीले आफू सरुवा भएर गएपनि बैतडीका लागि आफूले सक्ने कार्य गर्ने बताए  । प्रमुख जिल्ला अधिकारी जोशीको सरुवा भएपछि बैतडीमा राजेन्द्रदेव पाण्डे नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा आउने गृहमन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update