Sagun Khabar
बैतडीका थप ३ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या १५ पुग्यो 

बैतडी, ३१ चैत–
बैतडीमा कोरोनाका सक्रिय संक्रमितको संख्या १५ पुगेको छ । भारतका विभिन्न ठाउँबाट फर्केका १५ जना नागरिकमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । झुलाघाट नाकामा एन्टीजेन विधिबाट ३८७ जनाको कोरोना परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए  ।

मंगलबार मात्रै तीन जनामा कोरोना पुष्टि भएको छ । ३० जनाको कोरोना परीक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएको हो । मंगलबार दशरथचन्द नगरपालिका ८ का २७ बर्षीय पुरुष, पञ्चेश्वर गाउँपालिका ५ का ४५ बर्षीय पुरुष र दशरथचन्द नगरपालिका २ का ३५ बर्षीय महिलामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य सन्देश
Atrya hospital

भारतबाट फर्केका संक्रमित व्यक्तिहरु अहिले होम आइसोलेसनमा बसीरहेका छन् । गएको चैत १० गतेदेखि झुलाघाट नाकामा एन्टीजेन विधिबाट कोरोना परीक्षण हुन थालेको हो । अहिले सम्म एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएका मध्ये झण्डै ४ प्रतिशतमा कोरोना पुष्टि भएको छ ।

कोरोनाको संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । तर पछिल्लो समयमा स्वास्थ्य सुरक्षाका मापदण्ड कसैले अपनाएको पाइदैन् ।

यसले गर्दा कोरोना संक्रमणको जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन् । सुदूरपश्चिममा पनि नयाँ भेरियन्टको कोरोनाका बिरामी फेला परेकाले सतर्क रहन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका हुन् । 
 

प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update