Sagun Khabar
बैतडीको मेलौलीका विद्यालय एकसाताका लागि बन्द

बैतडी, ५ वैशाख –
बैतडीको मेलौली नगरपालिका अन्तर्गतका विद्यालयहरु एकसाताका लागि बन्द गरिएका छन् । नगरपालिकाको वडा नं ७ तोल्याका एकजनामा कोरोना पुष्टि भएको र विद्यालयबाट संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर विद्यालय बन्द गर्ने निर्णय भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले जानकारी दिए । 

आइतबार बसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाको तोल्या क्षेत्रलाई सिल गर्ने निर्णय समेत भएको उनले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

नगरक्षेत्रभित्रका विद्यालय वैशाख १४ गते सम्म बन्द रहनेछन् । संक्रमण नफैलिएमा वैशाख १५ गतेदेखि परीक्षा सञ्चालन गर्ने हिसाबले विद्यालय खोलिने शिक्षा शाखा प्रमुख भट्टले जानकारी दिए । उनले भने ‘भारतबाट फर्केका एकजनाको मृत्यु भएको र सोही परिवारका एकजनामा कोरोना पुष्टि भएकाले संक्रमणको जोखिम बढ्दै गएको महसुस गरिएको छ । त्यसैले हामीले एकसाताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हौं ।’ 

मेलौलीमा ४६ सामुदायिक र दुई संस्थागत गरी ४८ विद्यालय रहेका छन् । 
 

प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update