Sagun Khabar
‘साउथ एशिया कराते कप–२०८०’ : बझाङका सुदीपले नेपाललाई दिलाए प्रथम स्थान 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –साउथ एशियन कराते प्रतियोगिता–२०८० मा बझाङका सुदीप कठायतले नेपाललाई प्रथम स्थान दिलाएका छन् । भारतको चेन्नईमा सम्पन्न भएको कराते कपमा नेपालको तर्फबाट खेलेका कठायतले ५५ केजी तौल समूहबाट प्रथम भएका हुन् । 

जापान कराते डो कोशीकाई सितोरियो सङ्घबाट नेपालको प्रतिनिधित्व गरेका कठायतले साउथ एशियन कराते प्रतियोगितामा प्रथम स्थान हासिल गरेका हुन् । १८ वर्षीय कठायतले फाइनल खेलमा ५५ केजी तौल समूहबाट प्रतिस्पर्धामा उत्रेको बङ्लादेशलाई हराएर प्रथम स्थान हासिल गरे । 

समूहको फाइनलमा प्रथम नेपाल, दोस्रो बङ्गलादेश र तेस्रो भारत भएका छन् । बझाङको मष्टा गाउँपालिका–२ बाडेगाउँ निवासी कठायतले नेपाललाई प्रथम स्थान दिलाएका हुन् । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update