Sagun Khabar
शिक्षा विधेयकविरुद्ध सडकमा उर्लिए देशभरका शिक्षकहरु 

काठमाण्डौं –नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकलाई लिएर सडक आन्दोलन शुरु गरेको छ । 

बुधबार देशभरिका विद्यालय बन्द गरी समितिले काठमाडौं केन्द्रित आन्दोलन गरेको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

शिक्षा विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरूको सवाल, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरूवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा सम्बोधन गर्न नसकेको भन्दै महासंघले आन्दोलन गरेको हो । 

आन्दोलनका लागि देशभरका शिक्षकहरु संघीय राजधानी काठमाण्डौं पुगेका छन् । शिक्षा विधेयकले सार्वजनिक शिक्षा प्रणाली तहसनहस गर्ने भन्दै आन्दोलनमा उत्रिनुपरेको महासंघले जनाएको छ । 

आन्दोलनमा देशभरीबाट १५ हजार बढी शिक्षकहरुको सहभागिता रहने अनुमान गरिएको छ । 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update