सुदूरपश्चिम रोयल्स २७ रनले विजयी
नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले जनकपुरलाई २७ रनले पराजित गरेको हो। यो जितसँगै सुदूरपश्चिमले जारी प्रतियोगितामा चौथो जित निकालेको छ।
प्रतियोगितामा सुदूरपश्चिमले दुई खेलमा हार बेहोरेको छ। लिग चरणमा अब सुदूरपश्चिमले एक खेल खेल्न बाँकी छ।
सुदूरपश्चिम रोयल्सले दिएको १२१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा जनकपुर बोल्ट्सले १९।५ ओभरमा अलआउट हुँदै मात्र ९३ रन जोड्न सक्यो । उसको अन्तिम विकेटका रुपमा राहुल यादव ११ रनमा आउट भएका हुन् ।
लिग चरणका बाँकी खेलसँगै प्लेअफमा पुग्ने टोलीहरूको प्रतिस्पर्धा थप रोचक बनेको छ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २४, २०८३ २०:४९
प्रतिक्रिया दिनुहोस्




